एडीबीएल स्मार्ट प्लस एपबाट डिसहोमका सेवाहरू नवीकरण गर्न सकिने
baahrakhari.com · Thu Oct 29 13:32:21 UTC 2026

काठमाडौं । कृषि विकास बैंकका ग्राहकहरूले अब बैंकको एडीबीएल स्मार्ट प्लस मोबाइल एपमार्फत डिसहोमका विभिन्न सेवाहरू सजिलै नवीकरण गर्न पाउने भएका छन् ।
यस सुविधामार्फत ग्राहकहरूले डिसहोम इन्टरनेट तथा आईपीटीभीको संयुक्त प्याकेज, इन्टरनेट तथा डीटीएच टीभीको संयुक्त प्याकेज र डिसहोम डीटीएच टेलिभिजन सेवा घरमै बसी नवीकरण गर्न सक्नेछन् । यसले ग्राहकहरूलाई छिटो, सहज र झन्झटरहित रूपमा आफ्ना सेवाहरूको निरन्तरता कायम राख्न सहयोग पुग्नेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)