दोस्रो खेलमा डेभिड वार्नर आउन सक्ने
clickmandu.com · Thu Oct 29 13:34:43 UTC 2026
काठमाडौं । काठमाडौं गोर्खाजका मुख्य प्रशिक्षक शरद भेषावाकरले अस्ट्रेलियाका स्टार ब्याटर डेभिड वार्नर दोस्रो खेलसम्म टोलीमा आउन सक्ने सम्भावना रहेको बताएका छन् । जनकपुर बोल्ट्ससँगको हारपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले वार्नर दोस्रो खेल वा छिट्टै टोलीमा जोडिने जानकारी दिएका हुन् ।
खेलमा आफ्नो टोली १० देखि १५ रनले पछि परेको र निरन्तर विकेट गुम्दा साझेदारी बन्न नसकेको शरदले बताए । खेलको अवस्था (कन्डिसन) सहज नभएको उल्लेख गर्दै उनले भने, ‘जनकपुरको ब्याटिङ लाइनअपमा धेरै बायाँहाते ब्याटरहरू भएकाले हामीले त्यहीअनुसार बलिङ रणनीति बनाएका थियौँ । तर, हामीसँग खेलाडी छनोटका विकल्पहरू पनि सीमित थिए ।’
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)