अर्थसचिव उपाध्याय भन्छन्ः पुनर्निर्माणमा अनुदान र सहुलियतपूर्ण ऋण परिचालन गर्छौं
clickmandu.com · Thu Oct 29 13:38:02 UTC 2026

काठमाडौं । अर्थ मन्त्रालयका सचिव डा. घनश्याम उपाध्यायले भोटेकोशी तथा कालीगण्डकी करिडोर क्षेत्रमा बाढीपहिरोले पुर्याएको क्षतिको पुनर्निर्माण कार्य छिट्टै अघि बढाइने बताएका छन् । पुनर्निर्माणका लागि आवश्यक स्रोत जुटाउन सरकारले अनुदान र सहुलियतपूर्ण ऋण परिचालन गर्ने नीति लिएको उनले जानकारी दिए ।
भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन गर्न गठित संसदीय विशेष समितिमा भएको छलफलमा बोल्दै अर्थसचिव डा. उपाध्यायले यस्तो बताएका हुन् । उनका अनुसार बाढीपहिरोका कारण कुल चार खर्ब आठ अर्ब २९ करोड रुपैयाँ बराबरको क्षति भएको छ भने पुनर्निर्माणका लागि करिब सात खर्ब २३ अर्ब ३१ करोड रुपैयाँ लाग्ने प्रारम्भिक आकलन गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)