महिलाहरूलाई बिहेको प्रलोभन दिएर लाखौं ठगी गर्ने सञ्जय थुनामा
kendrabindu.com · Thu Oct 29 13:39:46 UTC 2026

काठमाडौं । आफू दक्षिण कोरियाको राजदूत बन्न लागेको भन्दै महिलासँग रकम मागेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका सञ्जय उर्फ डम्बर खतिवडालाई उच्च अदालत पाटनले पनि थुनामै राख्ने आदेश दिएको छ।
खतिवडाले एक महिलासँग विवाह गर्ने र त्यसपछि उनलाई पत्नीका रूपमा दक्षिण कोरिया लगेर व्यापार गर्ने भन्दै सम्बन्ध बनाएको आरोप छ। त्यस क्रममा उनले आफू दक्षिण कोरियाको राजदूत बन्न लागेको र त्यसका लागि सभामुख डिपी अर्याललाई १ करोड ७५ लाख रुपैयाँ दिनुपर्ने भन्दै रकम मागेको जाहेरीमा उल्लेख छ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)