मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बाँकेको दुर्गम ग्रामीण क्षेत्र नरैनापुरबाट करदाता सेवा सुरु

gorkhapatraonline.com · Thu Oct 29 13:44:11 UTC 2026

बाँकेको दुर्गम र पिछडिएको क्षेत्र नरैनापुर गाउँपालिकाबाट पहिलो पटक करदाता सेवा केन्द्रमार्फत सो क्षेत्रका करदातालाई औपचारिक रूपमा करदाता सेवा सुरु गरिएको छ ।

स्थानीय स्तरमै सहजरूपमा कर सेवा उपलब्ध गराउने उद्देश्यका साथ सो सेवा दुर्गम ग्रामीण क्षेत्रमा सुरु गरिएको नरैनापुर गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहका अनुसार सेवा सुरु भएसँगै स्थानीय उद्योगी, व्यवसायी तथा सर्वसाधारणलाई प्यान नम्बर लिन, कर बुझाउन तथा कर सम्बन्धी अन्य प्रशासनिक कामका लागि सदरमुकाम नेपालगन्ज धाइरहनुपर्ने झन्झटिलो बाध्यताको अन्त्य भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)