मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बंगलादेशमा नेपालको पर्यटन प्रवर्द्धन, ढाकामा १५ नेपाली पर्यटन कम्पनीको सहभागिता

bishowkhabar.com · Thu Oct 29 13:49:49 UTC 2026

काठमाडौं । बंगलादेशको राजधानी ढाकामा आयोजित बंगलादेश ट्राभल एन्ड टुरिजम फेयर (बीटीटीएफ) २०२६ मा नेपाल पर्यटन बोर्ड नेतृत्वको १५ नेपाली पर्यटन कम्पनीले नेपालको पर्यटन प्रवर्द्धन गरिरहेका छन् । बोर्ड नेतृत्वको नेपाली टोलीले नेपालका हिमाली दृश्य, सांस्कृतिक सम्पदा, साहसिक पर्यटन र विविध पर्यटकीय अनुभवलाई बंगलादेशका पर्यटकमाझ परिचित गराउँदै दुई देशबीचको पर्यटन सहकार्य र व्यावसायिक सम्बन्ध विस्तार गरिएको बोर्डका वरिष्ठ अधिकृत प्रेमप्रसाद भट्टराईले जानकारी दिएका छन् ।

‘एआईमा आधारित पर्यटन, दिगो गन्तव्य’ भन्ने मूल नाराका साथ आजदेखि सुरु भएको तीनदिने मेलामा नेपालले आफ्नो प्राकृतिक सौन्दर्य, मौलिक संस्कृति, पदयात्रा, पर्वतारोहण, आध्यात्मिक पर्यटन तथा साहसिक गतिविधिलाई प्रमुख आकर्षणका रूपमा प्रस्तुत गरिरहेको छ । ढाकास्थित बंगलादेश–चीन मैत्री सम्मेलन केन्द्रको कार्निभल हलमा सञ्चालन भइरहेको मेलाले पर्यटन व्यवसायीबीच व्यावसायिक सम्बन्ध विस्तारसँगै सम्भावित पर्यटकलाई नयाँ गन्तव्य छनोट गर्न प्रेरित गर्ने अपेक्षा गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)