टिकटकर तुलसालाई थुनामै राख्ने उच्च अदालतको आदेश
kendrabindu.com · Thu Oct 29 13:57:34 UTC 2026

काठमाडौं । चर्चित टिकटकर तुलसा अधिकारी (तुलसा कलेक्सन) लाई तत्काल थुनामुक्त गर्न उच्च अदालत पाटनले अस्वीकार गरेको छ। आपराधिक लाभ, संगठित अपराध तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा पुर्पक्षका लागि थुनामा राख्ने ललितपुर जिल्ला अदालतको आदेशलाई उच्च अदालतले सदर गरेको हो।
जिल्ला अदालतको आदेशविरुद्ध अधिकारीले दिएको पुनरावेदनमाथि सुनुवाइ गर्दै उच्च अदालत पाटनका न्यायाधीशद्वय खड्कबहादुर केसी र केशवप्रसाद अधिकारीको संयुक्त इजलासले जिल्ला अदालतको आदेश परिवर्तन गर्नुपर्ने अवस्था नदेखिएको ठहर गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)