मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

उच्च शिक्षालाई उत्पादनमुखी बनाउन मुख्यमन्त्री थापाको जोड

gorkhapatraonline.com · Thu Oct 29 14:00:21 UTC 2026

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले उच्च शिक्षालाई गुणस्तरीय, उत्पादनमुखी र समयसापेक्ष बनाउनुपर्नेमा जोड दिनुभएको छ । उहाँले विश्वविद्यालयको सफलता भवन, विद्यार्थी सङख्या र प्रमाणपत्रमा मात्र नभई दक्ष जनशक्ति उत्पादन, अनुसन्धान, नवप्रवर्तन र राष्ट्रिय अर्थतन्त्रमा पुर्‍याउने योगदानका आधारमा मूल्याङ्कन गर्नुपर्ने बताउनुभयो ।

बिहीबार हेटौँडामा बागमती विश्वविद्यालयको आयोजनामा भएको ‘नेपालको उच्च शिक्षा प्रणालीमा सुदृढीकरणः प्रादेशिक विश्वविद्यालय व्यवस्थापन र समन्वय’ विषयक कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै मुख्यमन्त्री थापा मगरले उच्च शिक्षाको विकास देशको अर्थतन्त्र, युवाको रोजगारी, वैज्ञानिक अनुसन्धान र राष्ट्र निर्माणसँग जोडिएको बताउनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)