मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

दुई अर्बभन्दा बढीको क्रिप्टो कारोबार गर्ने व्यक्ति पक्राउ

annapurnapost.com · Thu Oct 29 14:03:26 UTC 2026

काठमाडौं : दुई अर्ब रुपैयाँभन्दा बढीको क्रिप्टो कारोबार गरेको आरोपमा एक जना पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले धनुषाको सबैला नगरपालिका-१२ का २८ वर्षीय सुनिलकुमार यादवलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार यादवले कानुनविपरीत विभिन्न विद्युतीय माध्यम तथा अनलाइन बेटिङ एप्लिकेसनमार्फत क्रिप्टोकरेन्सी (क्रिप्टो/यूएसडीटी) को ठूलो कारोबार गरेको पाइएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)