अनुशासन कडा बनाउने पहल गर्दै चिनियाँ कम्युनिष्ट पार्टी
khabarhub.com · Thu Oct 29 14:11:51 UTC 2026

काठमाडौं- चीनको सत्तारूढ कम्युनिस्ट पार्टीका उच्च अधिकारीहरूले बिहीबार बेइजिङमा सम्पन्न एक महत्वपूर्ण बैठकमा आफ्ना पङ्क्तिभित्र अनुशासन कडा बनाउने उपायहरू अपनाएको यहाँका राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । राष्ट्रपति सी जिनपिङको नेतृत्वमा भएको केन्द्रीय समितिको पाँचौँ प्लेनम (सम्मेलन) ले ‘पार्टीले अनुशासनलाई पूर्णरूपमा कसरी थप कडा बढाउने’ निर्णयहरू गरेको छ ।
यसमा कार्यकर्ताहरूबीचको भ्रष्टाचारलाई नियन्त्रण गर्ने पनि उल्लेख गरिएको सिन्ह्वा न्यूज एजेन्सीले जनाएको छ। ती उपायहरू के हुन् भन्ने विस्तृत विवरण भने दिइएको छैन । पार्टीको केन्द्रीय समितिमा करिब ३०० अधिकारीहरू छन् । विगतमा सम्मेलनहरू सीले आफ्नो अधिकार मजबुत बनाउने महत्वपूर्ण क्षण बनेका थिए र यस वर्ष पनि यसले निरन्तरता पाएको छ। “यो भेला पार्टी अध्यक्ष सीलाई अर्को वर्षको २१औँ (कम्युनिस्ट पार्टी) कांग्रेसमा अर्को कार्यकाल सुरक्षित गर्न तयारीका रूपमा प्रयोग भएको देखिन्छ,” एसओएएस चीन संस्थानका निर्देशक स्टिभ साङले एएफपीसँग भने ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)