मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सडक भासिएपछि आर्यभञ्ज्याङ–रामपुर सडकखण्ड अवरुद्ध

gorkhapatraonline.com · Thu Oct 29 14:29:29 UTC 2026

कालीगण्डकी करिडोर निर्माण हुनु अघि पाल्पाको पूर्वी भेगको जीवनरेखाको रुपमा परिचित आर्यभञ्ज्याङ–रामपुर सडकको जब्गादी–सिलुवा–बेलडाँडा खण्ड एक महिनादेखि अवरुद्ध छ । गएको असोज ८ देखि ११ गते सम्म परेको अविरल वर्षाका कारण निस्दी गाउँपालिका–५, गल्धाको रिङ्दीमा सडक भासिएपछि सडक अवरुद्ध भएको हो ।

सडकको १३० मिटर भन्दा बढी सडकको भाग जग देखिनै भासिएपछि मर्मत हुन नसक्दा जिल्लाको पूर्वी भेगका स्थानीयले सास्ती खेप्नुपरेको छ । जिल्लाको निस्दी गाउँपालिकाका पाँचवटा वडा तथा रामपुर नगरपालिकाका विभिन्न क्षेत्रका बासिन्दाका लागि आवतजावतको महत्वपूर्ण मार्गको रुपमा रहेको सडक जिल्लाकै पुराना सडकमध्येको एक हो । लुम्बिनी प्रदेश सरकारको गौरवको आयोजनाको रुपमा रहेको रामपुर–कपुरकोट सडक खण्ड अन्तर्गत आर्यभन्ज्याङ–जब्गादी–रामपुर खण्ड रहेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)