मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

भोलिदेखि भद्रपुरमा अन्तर्राष्ट्रिय आमन्त्रण ५ ‘एस’ हक्की प्रतियोगिता

annapurnapost.com · Thu Oct 29 14:22:43 UTC 2026

झापा : झापाको भद्रपुरमा भोलिदेखि हुने प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण ५ ‘एस’ हक्की प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ। नेपालमै पहिलो पटक भद्रपुरमा हुन लागेको अन्तर्राष्ट्रियस्तरको प्रतियोगिताको तयारी बारेमा भद्रपुर नगर हक्की संघले आज दिउँसो पत्रकार सम्मेलनमार्फत जानकारी गराएको हो।

भद्रपुर नगरपालिका–९ स्थित पुहाँतु जनज्योति माविको खेल मैदानमा तीन दिन सम्म सञ्चालन हुने प्रतियोगितामा भारतका तीन, तीन विभागीय, कोशी, गण्डकी, कर्णाली र आयोजक गरी १० वटा टोलीले सहभागिता जनाउने नगर हक्की संघका अध्यक्ष सरोजकुमार बस्नेतले बताए। भारतको कलकत्ता, आसाम र विहार टिमको सहभागिता रहेको बताउँदै अध्यक्ष बस्नेतले भने, ‘बंगलादेशको एउटा टिमले पनि सहभागिता जनाउँथ्यो तर, भिषा प्रक्रियामा समस्या आएकोले अन्तिममा आएर रद्द भयो। ’

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)