मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मलेसियासँग श्रम समस्या समाधान गर्न निरन्तर कूटनीतिक संवाद : मन्त्रालय

lokaantar.com

युवा, श्रम तथा रोजगार मन्त्रालयले मलेसियासँग देखिएको श्रमसम्बन्धी समस्या समाधान गर्न निरन्तर कूटनीतिक संवाद भइरहेको जनाएको छ। मन्त्रालयले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै नेपाली श्रमिकको हित संरक्षण गर्दै दुवै देशलाई मान्य हुने निष्पक्ष र पारदर्शी भर्ना प्रणाली विकास गर्न सरकार प्रतिबद्ध रहेको जनाएको हो।

मलेसियाले नेपालका सबै इजाजतप्राप्त म्यानपावर कम्पनीलाई कामदार पठाउन दिने प्रस्ताव अस्वीकार गरेपछि श्रम भर्ना प्रणालीबारे दुई देशबीच छलफल जारी रहेको छ। मलेसियाको मानव संसाधन मन्त्रालयले नेपाललाई पठाएको पत्रअनुसार २५ वटा मुख्य म्यानपावर कम्पनी र तिनका सहयोगी कम्पनीमार्फत मात्रै नेपाली कामदार भर्ना गर्ने पुरानै व्यवस्था कायम राख्ने निर्णय गरेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)