जोगबुढा नदीको पानी सौर्य लिफ्टबाट खेतमा, वर्षौँदेखिको सिँचाइ समस्याबाट मुक्त भए दोधारा-चाँदनीका किसान
ukeraa.com

कञ्चनपुर : कञ्चनपुरको दोधारा-चाँदनी नगरपालिका–७ स्थित कञ्जभोजका किसानहरू वर्षौँदेखिको सिँचाइ समस्याबाट राहत पाएका छन्। जोगबुढा नदीको पानी सौर्य लिफ्ट सिँचाइ प्रविधिमार्फत खेतसम्म पुगेपछि यहाँका किसानहरू हर्षित बनेका छन्।
महाकाली सिँचाइ तेस्रो चरण आयोजना कार्यालयले आठ करोड ९ लाखको लागतमा निर्माण गरेको यो आयोजनाबाट दोधारा-चाँदनीको दुई सय हेक्टर खेतीयोग्य जमिनमा सिँचाइ सुविधा उपलब्ध भएको महाकाली सिँचाइ तेस्रो चरण आयोजनाका प्रमुख गणेश मरासिनीले जानकारी दिए। २०७९ मङ्सिरमा ठेक्का सम्झौता भई निर्माण सम्पन्न भएको यस आयोजनाले स्थानीय कृषि उत्पादकत्व बढाउन मद्दत पुर्याउनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)