सोमपालको साहसमा गुल्सनको साथ, विराटनगरमाथि कर्णालीको रोमाञ्चक जित
setopati.com · Thu Oct 29 15:08:00 UTC 2026
नेपाल प्रिमियर लिग (एनपिएल) मा कर्णाली याक्सले विराटनगर किंग्सविरुद्ध रोमाञ्चक जित निकालेको छ। १८७ रनको विशाल लक्ष्य पछ्याएको कर्णालीले अन्तिम ओभरको पाँचौँ बलमा ६ विकेट गुमाएर लक्ष्य पूरा गर्यो। कर्णालीले १९.५ ओभरमा १८७ रन बनाउँदै ४ विकेटको जित निकालेको हो।
कर्णालीको जितमा कप्तान सोमपाल कामीले अविजित ६२ रन बनाए भने पवन सर्राफ र गुल्सन झाले पनि महत्वपूर्ण योगदान दिए। एक समय ५७ रनमा ५ विकेट गुमाएर संकटमा परेको कर्णालीलाई सोमपाल र पवनको साझेदारीले खेलमा फर्काएको थियो। त्यसपछि सोमपाल र गुल्सनले टोलीलाई जितसम्म पुर्याए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)