मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

विराटनगरमाथि कर्णालीको रोमाञ्चक जित

barnanmedia.com · Thu Oct 29 15:25:39 UTC 2026

कर्णाली याक्सले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्समाथि रोमाञ्चक जित निकालेको छ । विराटनगरले दिएको १८७ रनको लक्ष्य पछ्याएको कर्णालीले एक बल बाँकी छँदा पूरा गर्यो ।

कर्णालीका लागि कप्तान सोमपाल कामीले अर्धशतक पूरा गरे । उनी ३२ बलमा ६२ रन अविजित रहे । उनले ४ चौका र ३ छक्का प्रहार गरे । उनले सातौं विकेटका लागि गुल्सन झासँग ६४ रनको अविजित साझेदारी गरे । गुल्सन २१ बलमा २८ रन बनाएर नटआउट रहे ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)