कांग्रेस वरिष्ठ उपसभापति शर्मा भन्छन् - कांग्रेसका साथै देशलाई बलियो बनाउनु छ
hamrakura.com · Thu Oct 29 00:00:00 UTC 2026

ललितपुर । नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले कांग्रेसका साथै देशलाई बलियो बनाउनुपर्ने बताएका छन् । नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा बिहीबार आयोजित पार्टीको १५औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी एवं केन्द्रीय सदस्यहरुको शपथ ग्रहण तथा प्रमाणपत्र वितरणपश्चात् मन्तव्य राख्दै वरिष्ठ उपसभापति शर्माले पार्टीलाई एकताबद्ध बनाउँदै अगाडि बढ्नुपर्नेमा जोड दिएका हुन् ।
“नेपाली कांग्रेसको जिम्मेवारी युवा पुस्तामा आएको छ, बलियो कांग्रेस बनाएर समृद्ध नेपालको अभियानमा लाग्नुपर्छ, दौडिएर पसिना बगाउनु मात्रैलाई काम भन्न सकिँदैन, काम हुनका लागि परिवर्तन र उपलब्धि आवश्यक छ, हामी मिडियामैत्री र सामाजिक सञ्जालमैत्री पनि बन्न जरुरी छ, कांग्रेस देशलाई पहिलो केन्द्रविन्दुमा राखेर अगाडि बढ्ने पार्टी हो,” उनले भने ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)