जाडो सुरु भएसँगै गण्डकीमा डेंगु सङ्क्रमण घट्यो
ratopati.com · Thu Oct 29 16:02:54 UTC 2026

कास्की । वर्षायाम सकिएर जाडो सुरु हुन थालेसँगै गण्डकी प्रदेशमा डेंगुको सङ्क्रमण दर घटेको छ । यस वर्ष सबैभन्दा बढी गत अगष्टमा एक हजार २७४ मा डेंगु सङ्क्रमण पुष्टि भएकामा अक्टुबर लागेयता ४२५ जनामा सङ्क्रमण देखिएको प्रादेशिक रोग नियन्त्रण केन्द्रले जनाएको छ ।
केन्द्रका महानिर्देशक मनमोहन मिश्रका अनुसार गत जुलाईदेखि डेंगु सङ्क्रमणको दर बढ्न सुरु गरेको थियो । सेप्टेम्बरमा एक हजार १९१ जनामा यो रोग देखिएको थियो । यस वर्ष हिमालपारिको मनाङबाहेक सबै जिल्लामा डेंगुकाे सङ्क्रमण फैलिएको महानिर्देशक मिश्रले बताए । सबैभन्दा बढी बागलुङ जिल्ला प्रभावित भएको उनको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)