ग्रामीण पर्यटनको मुख्य आधार बन्दै घरबास
gorkhapatraonline.com · Thu Oct 29 17:30:00 UTC 2026

स्थानीय परिकारको मौलिक स्वादसँगै गाउँको रहनसहन र परम्परागत कला–संस्कृतिको अनुभव लिन पछिल्लो समय गुल्मीका ग्रामीण बस्तीमा पर्यटकको आकर्षण बढ्न थालेको छ । स्थानीय उत्पादनबाट तयार पारिएका खानाका परिकारलाई पाहुनाको आतिथ्यतासँग जोड्दै जिल्लाका विभिन्न पालिकामा सञ्चालित घरबास ‘होमस्टे’ले ग्रामीण पर्यटनको आकर्षण बढाउन थालेका छन् ।
स्थानीय जातको दालको बटुक, कोदोको सेलरोटी, सिस्नु, रैथाने जातका विभिन्न मासुका परिकार, भुटेको मकै, टिमुरको छोप, बाँकोको गुन्द्रुक, मही, तथा विभिन्न ‘अर्ग्यानिक’ तरकारीका परिकार होमस्टेका प्रमुख आकर्षण बनेका छन् । पाहुनालाई स्थानीय उत्पादनको स्वाद चखाउने र गाउँको मौलिक जीवनशैलीसँग परिचित गराउने भएकाले होमस्टेमा पर्यटकको आवतजावत बढ्दै गएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)