मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

१५ वर्षपछि सञ्चालनमा आउँदै धनुषा-सिरहा जोड्ने कमला पुल

ratopati.com · Thu Oct 29 18:24:57 UTC 2026

काठमाडौँ । धनुषा र सिरहा जोड्ने हुलाकी सडकअन्तर्गतको कमला पुल आगामी मंसिर पहिलो साताभित्र सञ्चालनमा ल्याउने लक्ष्यसहित निर्माण कार्यलाई तीव्रता दिइएको छ । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले बिहीबार राति सामाजिक सञ्जाल फेसबुकमार्फत यसबारे जानकारी दिएका हुन् ।

मन्त्री लम्सालका अनुसार लामो समयदेखि अलपत्र अवस्थामा रहेको उक्त पुलका बाँकी तीन वटा स्प्यानमध्ये पहिलो स्प्यानको स्ल्याब ढलान कार्य सम्पन्न भइसकेको छ । बाँकी रहेका दुई वटा स्प्यानको स्ल्याब कास्टिङको काम पनि आगामी पाँच दिनभित्र सक्ने तालिका बनाएर काम भइरहेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)