मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

दाङमा तिहारका लागि फूल तयार

ratopati.com · Thu Oct 29 19:30:00 UTC 2026

दाङ । तिहार नजिकिएसँगै दाङमा सयपत्री फूल ढकमक्क फुलेका छन् । व्यावसायिक रूपमा फूल खेती गर्दै आएका यहाँका किसानले अहिले फूला तथा माला बिक्रीको तयारी थालेका हुन् । फूल बिक्रीका लागि तयार भएसँगै केही दिनमा माला उन्ने तयारीमा यहाँका किसान छन् ।

घोराही उपमहानगरपालिका–१४ झिङ्गौराका ४२ वर्षीय लोकेन्द्र रोकामगरले खेतमा सयपत्री फूल बिक्रीका लागि तयार भएको बताए । उनले १३ वर्षदेखि फूल खेती गर्दै आएका छन् । यस वर्ष पनि दुई बिघा जग्गा भाडामा लिएर फूल खेती गरेको उनले बताए । घोराही–५ धर्नामा एक बिघा, घोराही–१६ तेरौँटेमा दुई कट्ठा र घर नजिक झिङ्गौरामा १८ कट्ठा जग्गामा व्यावसायिक रूपमा सयपत्री फूल खेती गरिरहेको उनले जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)