तयार हुँदै ‘नेपाल आमा’ को मूर्ति
gorkhapatraonline.com · Fri Oct 30 00:04:09 UTC 2026

धार्मिक–सांस्कृतिक पर्यटनले पूर्व–पश्चिम जोड्ने उद्देश्यका साथ कञ्चनपुरको भीमदत्त नगरपालिका–८, चुरेफेदस्थित भम्केनी धाममा ७५ फिट उचाइको नेपालकै सबैभन्दा अग्लो मूर्ति निर्माण भइरहेको छ । तर पर्याप्त आर्थिक अभावका कारण मूर्ति निर्माणको काम भने सुस्त गतिमा छ ।
तत्कालीन ७५ जिल्लाको प्रतिनिधित्व हुने गरी ७५ फिटको नेपाल आमाको मूर्ति निर्माण कार्य २०७५ सालबाट सुरु भए पनि आर्थिक समस्याका कारण समयमै पूरा गर्न नसकिएको मन्दिर निर्माण समितिका अध्यक्ष जनकराज जोशीले जानकारी दिनुभयो । मूर्ति निर्माणका लागि लाग्ने अष्ट धातुबाहेक १० करोड ८१ लाख रुपियाँ लागतमा ठेक्का प्रक्रियाबाट मूर्ति निर्माण भइरहेको जोशीले बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)