मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अर्णव चक्रवातको असर सुरु

gorkhapatraonline.com · Fri Oct 30 00:34:04 UTC 2026

अर्णव चक्रवातको असरबाट नेपालमा वर्षा र हिमपात सुरु भएको छ । कोशी र तराई भेगमा भएको वर्षासँगै यसको असर नेपालमा पर्न थालेको हो । बङ्गालको खाडीमा अर्णव चक्रवात विकसित भएको थियो । भारतको आन्ध्र प्रदेश र विशाखापट्टनम नजिक बनेको न्यूनचापीय प्रणालीका रूपमा विकसित यसको असर भारतका विभिन्न स्थान हुँदै बिहीबार नेपाल प्रवेश गरेको हो । नेपालसम्म आइपुग्दा केही कमजोर भएकाले तीव्र हावाहुरीको जोखिम कम भएको छ तर भारी वर्षा, हिमपात र मध्यम हावाहुरीको सम्भावना कायम रहेको नेपाल मौसम विज्ञान विभागले जनाएको छ ।

चक्रवातको सम्भावित असरलाई मध्यनजर गर्दै सरकारले जोखिम न्यूनीकरण, जनधनको रक्षा र अत्यावश्यक सेवाहरूको चुस्त सञ्चालनका लागि मातहतका सम्पूर्ण निकायलाई उच्च सतर्कतासाथ तयारी अवस्थामा राखेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)