मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पहिरो प्रभावित क्षेत्र पाउद्धारको प्रारम्भिक भौगर्भिक अध्ययन

hamrakura.com · Fri Oct 30 00:00:00 UTC 2026

म्याग्दी। मनसुनजन्य विपद्बाट म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारलगायत प्रभावित क्षेत्रमा पहिरोको प्रारम्भिक भौगर्भिक अध्ययन गरिएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले खटाएका परामर्शदाता ‘पिपुल इन निड’का भूगर्भविद् लेखप्रसाद भट्टसहितको टोलीले पाउद्धारसहित ५ र ६ नम्बर वडाका नेपाने, गिवाङ, शिखलगायतका क्षेत्रमा स्थलगत निरीक्षण, ड्रोन सर्वेक्षण र प्रभावितहरूसँग छलफल गरे। अध्ययनका क्रममा पाउद्धारमा बस्ती बसाउन उपयुक्त हुने वा नहुने भन्ने विषयलाई मुख्य रूपमा केन्द्रित गरिएको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)