जलवायु विपद्मा अपनाउनुपर्ने सतर्कता
annapurnapost.com · Fri Oct 30 00:27:09 UTC 2026

परम्परागत ऋतु गणनाअनुसार वर्षाको समाप्ति भइसकेको छ। तर, पानी पर्ने चक्रले पनि आफ्नो शैली बदलेको छ। जुनसुकै बेला पनि अतिवृष्टि हुन सक्छ। भएको पनि छ। यसै साता भारतमा अर्नव चक्रवात आयो। यसको असर नेपालमा पनि देखिँदैछ। सरकारले त्यसबाट उत्पन्न हुने खतरा रोक्न विभिन्न सतर्कता अपनाउन जरुरी देखिन्छ। त्यस्ता आँधी, तुफान र चक्रवात कुन बेला र कुन मौसममा आउँछन् भन्ने नै यकिन छैन। कतिपय मौसमी चक्र र कतिपय जलवायु परिवर्तनको असरले यस्तो भइरहेको छ।
बेला—कुबेला बर्सने पानीले बाढी पनि ल्याउँछ र पहिरो पनि चलाउँछ। जस्तो कि रौतहटको परोहा–३ तेजापाकड घरारीमा पानी पर्न लाग्दा बस्तीका बासिन्दा घर छाडेर भाग्न बाध्य हुन्छन्। किनभने पानी परेपछि त्यहाँको लालबकैयामा बाढी आउँछ र बस्ती पस्छ। खेतखलियानमात्रै होइन, घरबस्ती पनि डुबाउँछ। चुरे पर्वतमा वर्षा भएपछि आउने भनेको लालबकैयामा हो। पानीले चुरेको बलौटे माटो र गेग्रान पनि बगाउँछ र लालबकैयाको काखमा सुम्पिन्छ। त्यही भएर अचेल लालबकैयाको उचाइ बढेको छ। पानीको सतह माथिमाथि आउन थालेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)