कोप ३१ को अन्तिम तयारीमा नेपाल
gorkhapatraonline.com · Fri Oct 30 00:48:40 UTC 2026

टर्किएको अन्तालियामा आउँदो कात्तिक २३ गतेदेखि मङ्सिर ४ गते (नोभेम्बर ९–२०) सम्म चल्ने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिका पक्ष राष्ट्रहरूको ३१ औँ सम्मेलन (कोप ३१) का लागि नेपालको तयारी अन्तिम चरणमा पुगेको छ ।
जलवायु कूटनीतिमार्फत नेपालको हिमाल जोगाउँदै जलवायु न्यायमार्फत समृद्धि हासिल गर्ने नीति लिएको नेपालले परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा सहभागिता जनाउँदै छ । प्रमुख आयोजक मुलुक टर्किएले सार्वजनिक गरेको कार्यसूची अनुसार नोभेम्बर ३–८ सम्म सम्मेलनको पूर्वतयारी सत्रहरू सञ्चालन हुने छन् । नोभेम्बर ११ र १२ का दिन लिडर सम्मेलन हुने तय भएको छ । जसमा पक्ष राष्ट्रका राष्ट्रप्रमुख तथा सरकार प्रमुखको सहभागितामा उच्चस्तरीय बहसमा नेपाल सरिक हुने छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)