मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

जुम्लाको स्याउ स्याङ्जाका उपभोक्ताको घरदैलोमा

onlinekhabar.com · Fri Oct 30 00:43:00 UTC 2026

१३ कात्तिक, स्याङ्जा । जुम्लाको स्याउ स्याङ्जाका उपभोक्ताको रोजाइमा पर्ने गरेको छ । बिक्रीका लागि जुम्लाबाट ल्याइएको स्याउ स्याङ्जाका विभिन्न टोलटोलमा उपलब्ध भएकाले यहाँका उपभोक्ताको रोजाइमा परेको हो ।

बजारमा पाइने विदेशी स्याउभन्दा सस्तो, स्वच्छ, स्वादिलो र स्वदेशी उत्पादन भएकाले पनि उपभोक्ता खुसी भएका छन् । गाडीमार्फत टोलटोलमा स्याउ पुर्याउँदा उपभोक्ताले निकै उत्साहकासाथ खरिद गर्ने गरेको व्यावसायी गौरीलाल सञ्ज्यालले बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)