मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

खुल्यो सुपर हुम्ला कर्णाली नदी जलविद्युत् निर्माणको बाटो

gorkhapatraonline.com · Fri Oct 30 00:57:13 UTC 2026

हुम्ला जिल्लाको नाम्खा गाउँपालिका– ५ मा निर्माण हुने सुपर हुम्ला कर्णाली नदी जलविद्युत् आयोजनाको निर्माणको बाटो खुलेको छ । आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) गर्नका लागि इन्स्पायर ल्किल इनर्जी लिमिटेडले इआईए गर्नका लागि आयोजना प्रभावित क्षेत्रका बासिन्दासँग राय, सुझाव र सल्लाह मागका लागि सूचना सार्वजनिक गरेपछि यसको निर्माणको बाटो खुलेको हो ।

नाम्खा गाउँपालिका– ४, ५ र ६ मा १५२.७ मेगावाट उत्पादन क्षमता भएको सुपर हुम्ला कर्णाली नदी जलविद्युत् आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन गर्न प्रभावित क्षेत्रको प्राकतिक, भौतिक, सामाजिक, सांस्कृति र आर्थिक प्रणालीमा पार्ने प्रभाव यकिन गर्न सो क्षेत्रका विद्यालय, अस्पताल, स्वास्थ्य चौकी तथा सरोकारवाला व्यक्ति वा संस्थाबाट लिखित सुझाव, राय र सल्लाह माग गर्न सात दिने सूचना सार्वजनिक गरिएको लिमिटेडका अधिकृत नितेश बस्नेतले बताउनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)