कोप–३१ मा नेपालका मुद्दा : हिमाल, जलवायु न्याय र हानिनोक्सानी
annapurnapost.com · Fri Oct 30 01:01:20 UTC 2026

काठमाडौं : अन्तर्राष्ट्रिय जलवायु सम्मेलन (कोप–३१) मा नेपालले हिमालका मुद्दा, जलवायु न्याय, हानि तथा नोक्सानी, जलवायु वित्त र अनुकूलनका विषयलाई प्राथमिकताका साथ उठाउने भएको छ। वन तथा वातावरण मन्त्रालयले बिहीबार आयोजना गरेको ‘राष्ट्रिय जलवायु सम्मेलन २०२६’ मा यी विषयहरू जोडदार रूपमा उठाइने जानकारी दिइएको हो।
टर्कीको एन्टलयामा नोभेम्बर ९ देखि हुने जलवायु सम्मेलनमा विशेषगरी जलवायु न्याय र हिमालको विषयलाई महत्वका साथ उठाइने परराष्ट्रमन्त्री शिशिर खनालले जानकारी दिए। नेपालको नेतृत्व गर्दै कोप सम्मेलनमा सहभागी हुन लागेका मन्त्री खनालले गत अगस्ट २६ मा भोटेकोशीमा आएको आकस्मिक बाढी र त्यसको करिब ६ साताको अन्तरालमा बुढीगण्डकीमा आएको बाढीले नेपाल विपद्का दृष्टिले कति नाजुक र जोखिमपूर्ण अवस्थामा छ भन्ने प्रस्ट पारेको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)