मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

रुसमाथि दबाब बढाउन इयूको आग्रह

nepalviews.com · Fri Oct 30 01:09:04 UTC 2026

ब्रसेल्स । युरोपेली संघका उच्च अधिकारी एन्टोनियो कोस्टाले बिहीबार सहयोगीहरूलाई मस्कोमाथि ‘दबाब बढाउन’ आग्रह गरेका छन् । युक्रेनको एउटा व्यस्त रेलवे स्टेसनको प्लेटफर्ममा रुसी ड्रोन ठोक्किएर कम्तीमा १४ जनाको मृत्यु भएपछि यो आह्वान आएको हो।

“यो युक्रेनका नागरिकहरूमाथि रुसी आक्रमणको अर्को क्रूर र विनाशकारी श्रृङ्खला हो,” कोस्टाले सामाजिक सञ्जालमा लेखेका छन् । उनले भने, “युरोपेली संघले जबसम्म न्यायपूर्ण र दिगो शान्ति हासिल हुँदैन रुसमाथि दबाब बढाउन र युक्रेनलाई सहयोग गर्न जारी राख्नेछ । हामी हाम्रा सबै अन्तर्राष्ट्रिय साझेदारहरूलाई पनि त्यही गर्न आह्वान गर्छौं।”

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)