मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

स्याफ्रुबेँसी–खाम्जिङ जोड्ने अस्थायी काठेपुल सञ्चालनमा

nagariknews.nagariknetwork.com · Fri Oct 30 00:59:15 UTC 2026

भोटेकोशी बाढीले सडक सञ्जाल टुटेपछि अवरुद्ध रसुवाको स्याफ्रुबेँसीबाट गोसाइँकुण्ड गाउँपालिकाका विभिन्न वडालाई जोड्ने काठेपुल सञ्चालनमा आएका छन्। स्थानीयवासीको आवतजावतलाई सहज बनाउन निर्माण गरिएको अस्थायी काठेपुल बिहीबारदेखि सञ्चालनमा आएको हो।

गोसाइँकुण्ड गाउँपालिका–३ का वडाध्यक्ष मिङमार छिरिङ तामाङका अनुसार बाढीले सडक अवरुद्ध पारेपछि वडा कार्यालय र स्थानीयवासीको संयुक्त अगुवाइ तथा व्यवस्थापनमा लगातार तीन दिन लगाएर सो पुल निर्माण गरिएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)