टिकटकमार्फत चर्चामा आएकी तुलसा अधिकारीलाई थुनामै राख्ने आदेश सदर, २१ करोड बिगो मागदाबी
aarthiknews.com

काठमाडौं । व्यवसायी तथा टिकटकमार्फत चर्चामा आएकी तुलसा अधिकारीलाई पुर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालत ललितपुरको आदेश उच्च अदालत पाटनले पनि सदर गरेको छ। उच्च अदालतले अधिकारीलाई थुनामुक्त गर्न अस्वीकार गर्दै जिल्ला अदालतको आदेशलाई निरन्तरता दिएको हो।
बिहीबार न्यायाधीशद्वय खड्कबहादुर केसी र केशवप्रसाद अधिकारीको इजलासले अधिकारीको निवेदनमाथि सुनुवाइ गर्दै जिल्ला अदालतको आदेश परिवर्तन गर्नुपर्ने अवस्था नरहेको ठहर गरेको हो। यससँगै अधिकारीले मुद्दाको अन्तिम फैसला नआएसम्म थुनामै रहेर मुद्दाको प्रतिरक्षा गर्नुपर्ने भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)