‘दुई दिन धान नकाट्नू, ट्रेकिङ नगर्नू, जहाँ हुनुहुन्छ सुरक्षित बस्नू’
newsofnepal.com · Fri Oct 30 01:26:49 UTC 2026

काठमाडौँ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अबका दुई दिन धानलगायत पाकेको अन्नपात नकाट्न, ट्रेकिङ नगर्न र पर्वतारोहीलाई जुन स्थानमा पुगेका छन्, सोही स्थानमा सुरक्षित बसी सावधानी अपनाउन अपिल गरेको छ । प्राधिकरणले हिजो बिहीवार जरुरी सूचना जारी गर्दै शुक्रवार र शनिवार हावाहुरी, चट्याङ, हिमआँधीसहित ठूलो पानी पर्ने सम्भावना रहेको भन्दै यस्तो अपिल गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)