कांग्रेसको नवनिर्वाचित केन्द्रीय कार्यसमितिले शपथ लिँदै
hamrakura.com · Thu Oct 29 00:00:00 UTC 2026

काठमाडौँ । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यहरूको शपथ ग्रहण समारोह आज हुँदैछ । पार्टीको केन्द्रीय निर्वाचन समितिले आज हुने शपथ ग्रहण समारोहको तयारी पूरा भएको जनाएको छ ।
दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपी नगर, सानेपामा उक्त कार्यक्रम आयोजना गरिने भएको छ । समितिका सदस्य सचिव राजु कटुवालले नवनिर्वाचित कार्यसमितिका पदाधिकारी एवं सदस्यहरुलाई शपथ ग्रहण कार्यक्रममा उपस्थितिका लागि सूचना र सादर निमन्त्रणा गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)