मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

भुटानमा शिंताफू हिमताल फुट्यो, बाढीले मुख्य सडक बगायो

kendrabindu.com · Fri Oct 30 01:22:03 UTC 2026

काठमाडौं । भुटानको शिंताफू हिमतालबाट अचानक ठूलो परिमाणमा पानी बाहिरिएपछि आएको बाढीले मुख्य सडकको एक खण्ड बगाएको छ । सडक अवरुद्ध भएपछि दुर्गम लाया क्षेत्र भुटानको बाँकी भूभागसँगको सडक सम्पर्कबाट विच्छेद भएको छ ।

उत्तर भुटानको गासा जिल्लामा अवस्थित शिंताफू तालबाट आएको बाढीको पानी राति करिब ८ः१५ बजे ताक्तसेमाखाङ पुगेको थियो । बाढीले लाया जोखांग सडकको एक खण्डमा क्षति पुर्‍याएपछि अर्को सूचना जारी नभएसम्मका लागि उक्त सडकमा सबै प्रकारका यातायातका लागि बन्द गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)