मध्यावधी चुनावलगत्तै इरानमा आक्रमण गर्ने अमेरिकाको तयारी, सहयोगी देशहरुलाई सतर्क रहन आग्रह
kendrabindu.com · Fri Oct 30 01:38:02 UTC 2026

काठमाडौं । आगामी साता हुने मध्यावधि चुनावपछि इरानमाथि पुनः नयाँ सैन्य कारबाही गर्ने तयारी अमेरिकाले गरेको छ । युद्ध सुरु हुनसक्ने भन्दै पश्चिम एशियाका सहयोगी देशहरुलाई अमेरिकाले सचेत रहन पनि आग्रह गरेको छ ।
दुई कूटनीतिज्ञले एशोसिएटेड प्रेस (एपी) सँगको कुराकानीमा यस विषयको खुलासा गरेका हुन् । तर, उनीहरुले नाम छाप्न भने अस्विकार गरे । उनीहरुका अनुसार युद्ध चर्किएपछि इरानले गर्नसक्ने सम्भावित प्रत्याक्रमणलाई लिएर तयार रहन पश्चिम एशियाली सहयोगीहरुलाई आग्रह गरिएको छ । ह्वाइट हाउस र अमेरिकी अधिकारीहरूले भने यस विषयमा कुनै पनि टिप्पणी गर्न अस्वीकार गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)