मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

गुन्द्री बेच्दै परम्परागत सीपको जगेर्ना

gorkhapatraonline.com · Fri Oct 30 01:40:06 UTC 2026

काँधमा परम्परागत गुन्द्री बोकेर घोराही बजारका सडकमा डुलिरहनुभएका घोराही उपमहानगरपालिका–९ ढिकपुरका ६५ वर्षीय श्रीराम चौधरीको दैनिकी अहिले गुन्द्री र पटकी बिक्री गर्दै बित्ने गरेको छ ।

आफूसँगै बुहारीलाई लिएर बजार पुग्नुभएका चौधरी परम्परागत सीपबाट तयार गरिएका गुन्द्री र पटकी बिक्री गर्दै गरेको अवस्थामा भेटिनुभयो । थारू समुदायमा पुस्तौँदेखि चल्दै आएको हस्तकलाको सीपलाई उपयोग गर्दै उहाँको परिवारले बनाएका गुन्द्री र पटकी बिक्रीका लागि चौधरीले घोराही बजार ल्याउने ल्याउने गर्नुहुन्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)