मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

भारतीय लगानी प्रवर्धनबारे छलफल

gorkhapatraonline.com · Fri Oct 30 01:44:36 UTC 2026

नेपालमा भारतीय लगानीलाई थप सुदृढ बनाउन तथा द्विपक्षीय आर्थिक सहकार्य अभिवृद्धि गर्न नेपाल–भारत उद्योग वाणिज्य सङ्घ (निक्की) र लगानी बोर्ड नेपालबिच छलफल भएको छ । लगानी बोर्डको कार्यालयमा भएको बैठकमा दुई देशका सार्वजनिक तथा निजी क्षेत्रबिचको सहकार्यलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको हो ।

छलफलमा नेपालमा सफलतापूर्वक सञ्चालन भइरहेका भारतीय लगानीका उदाहरणलाई उजागर गर्ने तथा व्यवसायदेखि व्यवसाय (बिटुबी) तहसम्म थप लक्षित अन्तर्क्रियामार्फत नयाँ लगानी आकर्षित गर्ने अवसरको पहिचान गर्नेमा जोड दिइएको निक्कीले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)