मञ्चका शेक्सपियरदेखि ‘स्टार ट्रेक’का कप्तानसम्म: स्टेवार्टको सात दशक लामो अभिनय यात्रा
ratopati.com · Fri Oct 30 01:58:37 UTC 2026

बेलायती अभिनेता सर प्याट्रिक स्टेवार्टको ८६ वर्षको उमेरमा निधन भएको छ । सात दशक लामो अभिनय यात्रामा उनले रङ्गमञ्च, टेलिभिजन र चलचित्रमा आफ्नो असाधारण प्रतिभा प्रस्तुत गरे । ‘स्टार ट्रेक’का कप्तान जिन लुक पिकार्ड र ‘एक्स–मेन’का प्रोफेसर एक्सका रूपमा विश्वव्यापी ख्याति कमाएका स्टेवार्ट शेक्सपियरका नाटकका एक उत्कृष्ट अभिनेतासमेत थिए ।
उनको निधन बुधबार अमेरिकाको लस एन्जलसस्थित आफ्नै निवासमा भएको हो । परिवारले बिहीबार सामाजिक सञ्जालमार्फत उनको निधनको जानकारी दिएको थियो । परिवारका अनुसार उनी अल्जाइमर्स रोग र लेवी बडी डिमेन्सियाबाट पीडित थिए । परिवारले उनको रोगसँगको यात्रालाई ‘छोटो तर भावनात्मक’ भनेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)