मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

विषालु च्याउ खुवाएर तीन जनाको हत्या गर्ने महिलालाई अब आजीवन कारावास

ratopati.com · Fri Oct 30 02:06:03 UTC 2026

अस्ट्रेलिया । विषालु च्याउ मिसाएर खाना खुवाउँदै तीन जनाको हत्या गरेकी एरिन प्याटरसनलाई आजीवन कारावासको सजाय सुनाइएको छ । पुनरावेदन अदालतले यसअघि सुनाइएको सजाय अपराधको गम्भीरताका तुलनामा अपर्याप्त रहेको ठहर गर्दै उनलाई जीवनभर जेलमै राख्ने फैसला गरेको हो ।

५२ वर्षीया प्याटरसनले सन् २०२३ जुलाईमा आफ्ना परिवारका सदस्य र पाहुनालाई घरमा विशेष भोजका लागि बोलाएकी थिइन् । उनले तयार पारेको ‘बिफ वेलिङ्टन’मा विषालु ‘डेथ क्याप’ च्याउ मिसाइएको थियो । खाना खाएको केही घण्टामै पाहुनाहरूमा पेट दुख्ने र अन्य गम्भीर समस्या देखिएको थियो । त्यसको केही दिनपछि तीन जनाको मृत्यु भएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)