दशैँमा २० हजारभन्दा बढी पर्यटकले गरे निकुञ्जको भ्रमण
hamrakura.com · Thu Oct 29 00:00:00 UTC 2026

काठमाडौँ। दशैँका अवसरमा २० हजार ८७ जना पर्यटकले चितवन राष्ट्रिय निकुञ्जको भ्रमण गरेका छन्। गत असोज २३ गतेदेखि निकुञ्जभित्र जिप सफारी खुला गरिएसँगै स्वदेशी तथा विदेशी पर्यटकको चहलपहल बढेको हो।
निकुञ्जका सूचना अधिकारी गणेश तिवारीका अनुसार भ्रमण गर्नेहरूमा ११ हजार ८९१ जना नेपाली, सात हजार ३६५ जना विदेशी र ८३१ जना सार्क मुलुकका पर्यटक रहेका छन्। पर्यटकहरू विशेष गरी एकसिङ्गे गैँडा, पाटेबाघ, हात्ती, भालु, घडियाल गोही तथा विभिन्न चराचुरुङ्गी हेर्न निकुञ्ज आउने गर्दछन्। यस अवधिमा निकुञ्ज सफारीका क्रममा दुर्लभ पाटेबाघसमेत देखिएपछि पर्यटकको आकर्षण अझ बढेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)