संकटमोचक सोमपाल
nagariknews.nagariknetwork.com · Fri Oct 30 02:11:53 UTC 2026
नेपाली क्रिकेटमा ३१ वर्षे सोमपाल कामीको परिचय बलरका रूपमा स्थापित छ। नेपाली राष्ट्रिय टोलीका सबैभन्दा पाका र अनुभवी तीव्र गतिका बलर सोमपाल तीन पटक आइसिसी टी ट्वान्टी विश्वकप खेल्ने एक्ला नेपाली खेलाडी हुन्। तर, नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो सिजनमा बिहीबार उनको परिचय बलरमा मात्र सीमित रहेन।
ब्याटिङमा पनि उनी संकटमोचक बने। बलिङबाट उनी स्थापित नै हुन्। सोमपालले कप्तानी इनिङ खेल्दै कर्णाली याक्सलाई सनसनीपूर्ण जित दिलाए। त्रिवि क्रिकेट स्टेडियममा विराटनगर किङ्सले १८७ रनको चुनौतीपूर्ण लक्ष्य दिएको थियो। यो लक्ष्य पछ्याउने क्रममा कर्णाली ६.५ ओभरमा ५७ रन जोड्दा पाँच विकेट गुमाएर संकटमा थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)