मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जलवायु वित्तमा पहुँच

gorkhapatraonline.com · Fri Oct 30 02:17:10 UTC 2026

नेपालले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी हानिनोक्सानी सम्बोधन कोषबाट झन्डै तीन अर्ब (२० मिलियन अमेरिकी डलर) बराबरको ससर्त अनुदान प्राप्त गरेको छ । कोषले प्रदान गरेको यो अनुदानले जलवायु परिवर्तनको जोखिमका लागि नेपाललाई क्षतिपूर्ति प्रदान गरिनु पर्छ भन्ने सन्देश गएको छ तर यो रकम नेपालले जलवायु परिवर्तनका क्षेत्रमा हासिल गर्न चाहेको उपलब्धिसहितको योजना स्वीकृत भएपछि मात्रै प्राप्त गर्ने छ ।

नेपालले अमेरिकाको न्युयोर्कमा आयोजित युएनको ८१ औँ महासभाका अवसरमा जलवायु न्यायका लागि आफ्नो आवाज पनि उठायो । नेपालले हरेक वर्ष जलवायुजन्य विपत्को सामना गरिरहेको छ । जलवायुजन्य विपतका कारण बर्सेनि हजारौँको ज्यान गइरहेको छ भने धेरै भौतिक संरचना नष्ट भएका छन् । वर्तमान कुल गार्हस्थ्य उत्पादनमा जलवायुजन्य विपत्ले नकारात्मक भूमिका खेलेका छन् । जबकि यी विपत् निम्त्याउन नेपाल जिम्मेवार पनि छैन । यी तथ्य विश्व जगत्मा पुर्‍याउन नेपाल सफल भएको छ । यो झनै महत्वपूर्ण उपलब्धि हो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)