काठमाडौं महानगरमा आजदेखि ‘काठमाडौं फिल्म फेस्टिभल’
kendrabindu.com · Fri Oct 30 02:23:17 UTC 2026

काठमाडौं । काठमाडौं महानगरपालिकाले आज शुक्रबारदेखि आइतबारसम्म ‘काठमाडौँ फिल्म फेस्टिभल’ आयोजना गर्ने भएको छ । पुराना पुस्तालाई सम्मान गर्दै नयाँ पुस्तामा कला हस्तान्तरण गर्ने र काठमाडौंभित्र अझै भन्न बाँकी रहेका कथाहरू खोजी गर्ने लक्ष्यसहित महानगरले यो महोत्सवको आयोजना गर्न लागेको हो ।
महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरका अनुसार फेस्टिभलमा भारतीय चलचित्र उद्योगकी दिग्गज अभिनेत्री शवाना आजमी, सांघाई फिल्म एकेडेमीका विशिष्ट प्राध्यापक मार्को मुलर, जापानी चलचित्र निर्देशक ताकायुकी नाकामुरा र भारतीय फिल्म प्रोग्रामर दीप्ति डीकुन्हा लगायत अन्तर्राष्ट्रिय स्तरका ख्यातिप्राप्त हस्तीहरूको सहभागिता रहनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)