आजै बस्दै कांग्रेस नयाँ कार्यसमितिको पहिलो बैठक
hamrakura.com · Thu Oct 29 00:00:00 UTC 2026

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिको पहिलो बैठक आजै बस्ने भएको छ । दिउँसो शपथ ग्रहण गरेसँगै पदबहाली गरी पहिलो बैठक बस्न लागेको पार्टीले जनाएको छ ।
आजदेखि नै नयाँ कार्यसमितिले विधिवत् रूपमा पार्टी सञ्चालनको सम्पूर्ण जिम्मेवारी सम्हाल्ने भएको हो । ललितपुरको सानेपास्थित बीपी स्मृति भवनमा रहेको केन्द्रीय कार्यालयमा दिउँसो २ बजे आयोजना हुने विशेष समारोहमा नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूले शपथ ग्रहण कार्यक्रम राखिएको केन्द्रीय निर्वाचन समिति सदस्य सचिव राजु कटुवालले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)