मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

इजरायलमा सरकार गठनको प्रयासमा आइसेनकोट, विपक्षी नेताहरूसँग भेटवार्ता

baahrakhari.com · Fri Oct 30 02:43:09 UTC 2026

काठमाडौं । इजरायलमा निर्वाचनपछि सरकार गठनका लागि विपक्षी नेता गादी आइसेनकोट सक्रिय भएका छन् । उनले डेमोक्रेट्स पार्टीका प्रमुख यायर गोलान, बियाचादका प्रमुख नफ्ताली बेनेट र विपक्षी नेता यायर ल्यापिडसँग भेटवार्ता गरेका छन् ।

निर्वाचनको हालसम्मको नतिजाअनुसार आइसेनकोटको गठबन्धनले ४८ र प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको खेमाले ५३ सिट जितेका छन् । अरब दलहरूले १९ सिट पाएका छन् । १२० सदस्यीय सदनमा सरकार गठनका लागि ६१ सिट आवश्यक पर्ने भएकाले कुनै पनि खेमाको स्पष्ट बहुमत छैन ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)