लगातार दुई खेलमा हारपछि सन्दीपले भने– हाम्रो सबैभन्दा ठूलो कमजोरी फिल्डिङ रह्यो
nepalviews.com · Fri Oct 30 03:10:31 UTC 2026
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किङ्सले लगातार दोस्रो हार बेहोरेपछि कप्तान सन्दीप लामिछानेले टोलीको कमजोर फिल्डिङ र धैर्यताको कमीलाई हारको मुख्य कारण बताएका छन्। बिहीबार कर्णाली याक्ससँग पराजित भएपछि आयोजित पोस्टम्याच प्रेस मिटमा कप्तान सन्दीपले ब्याटिङ र बलिङमा टोलीले राम्रो सुरुवात गरे पनि त्यसलाई अन्तिमसम्म कायम राख्न नसकेको बताए।
उनले खेलको सुरुवाती चरणमा टोलीको प्रदर्शन राम्रो रहेको र विपक्षीका चार–पाँच विकेट लिइसकेको अवस्थामा पनि दबाब कायम राख्न नसकेको बताए। 'हामीले सात–आठ ओभरसम्म एकदम राम्रो गरिरहेका थियौँ। टिमको मोमेन्टम पनि हामीसँगै थियो। चार–पाँच विकेट लिइसकेका थियौँ। तर इनिङ नसकिँदासम्म धैर्य राख्नुपर्ने थियो, जुन हामीले गर्न सकेनौँ,' उनले भने।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)