मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सडक कालोपत्रे हुँदै

gorkhapatraonline.com · Fri Oct 30 03:36:22 UTC 2026

तराईलाई हिमालसँग जोड्ने सालझन्डी–ढोरपाटन सडक धमाधम कालोपत्रे भइरहेको छ । यो सडक रुपन्देहीको सालझन्डीदेखि बागलुङ ढोरपाटनसम्म १९७.२ किलोमिटर रहेको छ । अहिले अर्घाखाँचीमा ७.१ र गुल्मीमा १९.१ गरेर २६.२ किलोमिटर सडक कालोपत्रेको काम अगाडि बढेको छ ।

कुल एक अर्ब १३ करोड रुपियाँको लागतमा बिरुवा–पुष्प जेभी अर्घाखाँचीले २०८० असार ८ गते ठेक्का सम्झौता गरेको थियो । यो ठेक्काको अर्घाखाँचीमा चार किलोमिटर कालोपत्रे भएको सालझन्डी–सन्धिखर्क–ढोरपाटन सडक योजना कार्यालय अर्घाखाँचीले जनाएको छ । दसैँपछि गुल्मीको पुर्कोटदहदेखि कल्लेभिर खण्डको सडक कालोपत्रे भइरहेको छ । यो ठेक्काको अहिलेसम्म ७५ प्रतिशत भौतिक र ७३.९५ प्रतिशत आर्थिक प्रगति भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)