चक्रवात ‘अर्नब’ को प्रभाव बढ्दै, आज र भोलि देशभर वर्षा र हिमपातको सम्भावना
kalakarmi.com · Fri Oct 30 03:27:11 UTC 2026

काठमाडौं- पश्चिमी वायुको आंशिक प्रभावसँगै बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ को प्रभाव नेपालका विभिन्न भागमा देखिन थालेको छ । हिजोदेखि नै देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर साधारणतया बादल लागेको छ । कोशी र बागमती प्रदेशका पहाडी तथा तराई क्षेत्र र मधेस प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ । महाशाखाले आज दिउँसो देशका अधिकांश स्थानमा बादल लाग्ने पूर्वानुमान गरेको छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुने सम्भावना छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)