मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

माटोसँग खेलेर बित्यो जीवन, पेसा संकटको चिन्ता कायमै (तस्बिरहरू)

ratopati.com · Fri Oct 30 03:47:19 UTC 2026

सिरहा । बाउ–बाजेको जीवन माटोमै बित्यो । सिरहाको धनगढीमाई नगरपालिका–७, कसहाका ५५ वर्षीय राजेन्द्र पण्डितले पनि माटोकै सामग्री बनाएर आजसम्मको जीवन कटाए । छोराछोरीले पनि यो काम सिकेका छन् । तर बजारमा रेडिमेड सामग्रीको प्रयोग बढ्दै जाँदा माटोका भाँडा बनाउने पेसा नै संकटमा पर्ने चिन्ता उनलाई छ ।

दसैँ सकिएलगत्तै दीपावली र छठ पर्वका लागि माटोका भाँडा तथा पूजासामग्री बनाउन कुम्हाल समुदायलाई भ्याइनभ्याइ छ । बिहानदेखि बेलुकासम्म परिवारका सबै सदस्य माटोका सामग्री बनाउन व्यस्त छन् । परिवारका कसैले माटो खन्ने र तयार पार्ने काम गर्छन् भने कसैले मेसिन र हातको सहायताले भाँडा बनाउँछन् । चाडपर्व नजिकिएसँगै उत्पादन बढाउनुपर्ने बाध्यता भएपनि उचित मूल्य नपाउँदा उनीहरू आफ्नो पेसाको भविष्यप्रति चिन्तित छन्।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)